काठमाडौं ।
सिराहामा स्कुल बसको ठक्करबाट आइतबार एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिराहा नगरपालिका-२२ का नरेशकुमार सिंहको २ वर्षीय छोरा पंकज सिंह रहेका छन् ।
सिराहा नगरपालिका-२२ बङ्गठीया चोकस्थित सडकमा घ.१ ख ३५७ नम्बरको स्कुल बसले ठक्कर दिँदा बालक सिंहको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसलाई नियन्त्रणमा लिई फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।