शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना भाइरसविरुद्ध सामूहिक कदमले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली


  • सोमबार, चैत्र ३ २०७६
11.5K
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध सार्क देशहरुको सामूहिक कदमले महत्वपूर्ण उलब्धि हासिल गर्न सकिने बताएका छन् । आज साँझ सार्क नेताहरुको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै उनले सार्क देशहरु भाइरसको चुनौतीको सामना गर्न मिलेर अगाडि बढ्ने अवस्था बनेकोमा खुशी व्यक्त गरे ।

कोरोना भाइरसविरुद्ध सामूहिक रुपमा अगाडि बढ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कदम चालेकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘हाम्रो सामूहिक कदमले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण हुन नदिन स्थानीय, प्रदेश र केन्द्र तहमा आवश्यक कदम चालिइसकेको बताए । अन्तर्राष्ट्रिय आवागमनमा कडाई गरिएको, भीसा बन्द गरिएको र तेस्रो देशबाट आवागमन बन्द गरिएको समेत बताए ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी अस्पताल र स्वास्थ्य सेवीलाई तयारी अवस्थामा राखिएको समेत बताए । उनले भने, ‘स्वास्थ्यसेवीलाई सशक्त रुपमा तयारी अवस्थामा राखिएको छ । अन्तर्राष्ट्रिय सभा सम्मेलन बन्द गरिएको छ ।’ मृगौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रुपमा बोलेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा