काठमाडौँ ।
म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) को अध्यक्षमा रिता राई दाहाल निर्वाचित भएकी छिन् ।

चन्द्रागिरी हिल रिसोर्टमा शनिबार भएको वार्षिक साधारणसभाबाट दाहालको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिती निर्वाचित गरिएको हो ।
उक्त वार्षिक साधारणसभाबाट उपाध्यक्षमा प्रज्वल कोइराला, सचिवमा इशु गुरुङ, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सदस्यहरुमा राजेश खरेल, मदन पोखरेल, रेगन सिंह निर्वाचित भएका छन् ।

माफले विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति विभिन्न ईसिए, सिसिए गतिविधि गर्दै आएको छ जसलाई अझ प्रभावकारी तथा स्कूलहरुको परिक्षालाई थप मर्यादित बनाउन आफ्नो कार्यसमितीको जोड रहने नवनिर्वाचित अध्यक्ष अध्यक्ष दाहालले बताउनु भयो ।

नवनिर्वाचित कार्यसमितीले गर्ने कार्यमा आफ्नो पुर्ण साथ रहने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचित कार्यसमितीलाई निवर्तमान अध्यक्ष राजन आचार्यले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस्तै उक्त कार्यक्रममा माफले गर्ने आगामी शैक्षिक सत्रको योजना बारे वार्षिक कार्यतालिका समेत तयार गरिएको माफका कोषाध्यक्ष तथा परिक्षा प्रमुख राजेन्द्र थपलियाले बताउनु भयो ।

साधारणसभामा नेपाल स्काउटका पूर्व राष्ट्रिय प्रमुख आयुक्त एवं काठमाडौँ जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहाल, माफका सल्लाहकार राजु राई, निवर्तमान अध्यक्ष राजन आचार्य, गोल्डेन पिक हाई स्कूलका प्रिन्सिपल छत्रमणि राई लगायत माफमा आवद्ध विद्यालयका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।






