शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कुटपिटमा संलग्न ३ युट्युवर गौशाला प्रहरीको हिरासतमा


  • शुक्रबार, फाल्गुन ३० २०७६
12.5K
SHARES

काठमाडौं । महानगरीय प्रहरी बृत्त गौशालाले कुटपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहले बताए ।

कुटपिट र लछारपछारमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ गरिएको डिएसी सिंहले बताए । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।

केहीदिन अघि युट्युवरहरुको समूहले पुण्य गौतम नाम गरेका ब्यक्तिलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो । आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेहेको प्रहरीको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा