शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

निजी विद्यालयमा संकट देखियो, अब मर्ज गरौंः प्याब्सन अध्यक्ष पुरी


  • शुक्रबार, फाल्गुन ३० २०७६
23.7K
SHARES

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का अध्यक्ष टिका राम पुरीले अधिकांश निजी विद्यालयहरु समस्यामा रहेको बताएका छन् ।
एक अनलाइसंगको अन्तवार्तामा उनले अधिकांश निजी विद्यालयहरु समस्यामा रहेको र त्यसका लागि मर्ज गरेर अगाडी जानुपर्ने बताएका हुन् ।
उनले भनेका छन्–अहिले शिक्षामा ठूलो विकृति छ । एकै स्थानमा आवश्यकताभन्दा बढी विद्यालय भए । हिजो मापदण्ड नहेरी विद्यालय खोल्ने अनुमति दिइयो । आज समाजमा आवश्यकताभन्दा बढी विद्यालय भए । बढी विद्यालय भएपछि अस्वस्थ प्रतिस्पर्धा भयो ।

अधिकांश विद्यालय समस्यामा छन् । विद्यालयको जग्गा र बिल्डिङ छैनन् । भएकाको पनि बैंकको ऋण छ । बैंकलाई समयमा ऋण तिर्न सकेका छैनन् । शिक्षक(कर्मचारी राम्रा राख्न सकेका छैनन् । शैक्षिक सामाग्रीको व्यावस्थापन राम्रो छैन । शिक्षक, कर्मचारीलाई राम्रो तलब दिन सकेको छैन । विद्यार्थी न्यून भएका कारण ८० प्रतिशत विद्यालय कमजोर छन् ।

हामीले सरकारलाई अब नक्साङ्कन नगरी विद्यालय सञ्चालनका लागि थप अनुमति नदिनू भनेका छौं । नक्साङ्कन भन्नाले एउटा पालिकाभित्र कति जनसंख्या छ, कुन–कुन स्थानमा कति विद्यालय आवश्यक छन्, अध्ययन गरेर खोल्ने नखोल्ने निर्णय गर्नुपर्छ । आवश्यकता छ भने मात्र अनुमति दिने । आवश्यकताभन्दा बढी भएको स्थानमा मर्ज गर्न सरकारले भूमिका खेल्नुर्पयो ।

विद्यालयहरु कम्पनीमा मर्ज गर्नुपर्छ । कम्पनीमा नभए सहकारीमा जाऔं । त्यो पनि भएन भने ट्रष्टमा मर्ज गर्दै जानुपर्छ । निजी विद्यालयमा समस्या भएकै कारण छात्रवृत्ति पारदर्शी छैन । छात्रवृत्ति जति दिनुपर्ने हो, त्योभन्दा धेरै साना र मझौला विद्यालयले संख्या र्पुयाउने नाममा सहुलियत दिएका छन् ।
अर्काे बिडम्बना, पुस्तकका नाममा विद्यालयलाई कमिसन खुबाउने प्रचलन छ । यो भ्रष्टाचार हो । प्याब्सनले भ्रष्टाचार नगर्नुहोस् भनेर विद्यालयहरुलाई निर्देशन दिएको छ । छुट अभिभावक र विद्यार्थीलाई दिनुहोस्, विद्यालयलाई नदिनुहोस् भनेर प्रकाशकलाई पटक–पटक भनेका छौं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा