शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एसइई परीक्षा केन्द्रमा सहायता कक्ष राखिने


  • शुक्रबार, फाल्गुन ३० २०७६
16K
SHARES

सिमकोट – आगामी चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा एसइई परीक्षा केन्द्रमा सहायता कक्ष स्थापना गरिने भएको छ । हुम्लामा रहेका छ वटा परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी, औषधि र उपकरणसहितको हेल्थ डेस्क स्थापना गर्न लागिएको हो ।

कोभिड–१९ का लक्षण विद्यार्थीमा देखिन सक्ने सम्भावनालाई ध्यानमा राखी त्यसबाट जोगिन परीक्षण गर्नको हेल्थ डेस्क स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विष्णुबहादुर शाहीले बताउनुभयो । प्रमुख शाहीले जिल्लाका ६ वटै परीक्षा केन्द्रमा सो डेस्क स्थापना गरेर स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्था गर्ने निर्णय भएको बताउनुभयो ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष छनोट गरिएको छ । मानसरोवर माविमा केन्द्राध्यक्ष अमरबहादुर शाही, बालमन्दिर माध्यमिक विद्यालयका लागि ज्ञानबहादुर रोकाया, हिमज्योति माविका लागि जयबहादुर धामी, कोट माविका लागि टङ्कज्वज खत्री, सूर्योदय माविमा सुरवीर शाही र मदनादेव माविका लागि जयरुद्र ढकाललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको प्रमुख शाहीले बताउनुभयो । छनोट भएका केन्द्राध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सञ्चालनसमेत गरिने छ ।

हुम्लाबाट एक हजार ३७ छात्रछात्राले परीक्षा दिनेछन् । मानसरोवर माध्यमिक परीक्षा केन्द्रबाट दुई सय १२, बालमन्दिर माविबाट एक सय ५५, कोट मावि रोडिकोट एक सय १९, हिमज्योति मावि सर्केगाडबाट दुई सय १०, सूर्योदय मावि श्रीनगरबाट एक सय ४५ र मदनादेव मावि मदनाबाट एक सय ९६ छात्रछात्रा सहभागी हुनेछन् । छात्रछात्रा गरी खुल्लाबाट २७ जनाले एसइई परीक्षा दिनेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा