शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गर्दा कति खर्च लाग्यो ?


  • शुक्रबार, फाल्गुन ३० २०७६
15.8K
SHARES

काठमाडौं ।

मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । यही फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार (फागुन ३०)साँझ डिस्चार्ज भएर वालुवाटारस्थित सरकारी निवासमा गएका छन् ।

प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा प्रेम कृष्ण खड्गाले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री ओलीको उपचारमा पाँच लाख खर्च भएको छ । प्रधानमन्त्रीको उपचारमा उठेको बिल सरकारलाई पठाउने उनले जानकारी दिए । सरकारलाई पठाएको बिलको भुक्तानी कसले गर्छ यसबारे थाहा नभएको अस्पतालका कार्यकारी निर्देशक खड्गाले जानकारी दिए ।

यही फागुन १९ गते अस्पताल भर्नाका भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गाैला दिएकी थिइन् । १२वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा