काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु गरेका छन्।
बिहीबार औपचारिक रुपमै खरेलले अभियानको सुरुवात गरेका हुन्। राजधानीमा अयोजित उद्घाटन समारोहमा बोल्दै खरेलले देशमा भ्रष्टाचार, विकृति र विसंगति बढेको भन्दै बाध्य भएर अभियान सञ्चालन गर्नु परेको बताएका छन्।
अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणसहित विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ। कार्यक्रममा लक्ष्य प्राप्तिका लागि विभिन्न आधा दर्जन कार्यक्रम सार्वजनिक भएका छन्। यसअघि राजनीतिक दल घोषणाको तयारी भएको बताइए पनि खरेलको नेतृत्वको अभियानले राजनीतिक मुद्दा समावेश गरेको छैन।
अभियानले विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग गरेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।