शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

भारतद्धारा मध्यरातिबाट लागू हुनेगरी भीसा बन्द, सीमामा कडाई


  • बिहिबार, फाल्गुन २९ २०७६
12.4K
SHARES

काठमाडौं, २९ फागुन ।

भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि भीसा बन्द गरी सीमामा कडाई गर्ने निर्णय लिएको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले भीसा बन्द गरी सीमामा कडाई गर्ने निर्णय लिएको हो ।

तर, यो निर्णयले नेपाल र भुटानलाई भने कुनै असर नगर्ने भएको छ । नेपाल र भुटानका नागरिकलाई भारत प्रवेश गर्न भीसा चाहिंदैन । इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भीसा रद्द गरेको हो । अब कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् । आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ ।

मानिसको यात्रामा कडाई गरिने भएको छ । कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा