शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेपालमा ४५० जनामा कोरोना भाइरसको परीक्षण , संक्रमित छैनन्’ कोरानाका विरामी लुकाएका छैनौं


  • बिहिबार, फाल्गुन २९ २०७६
12K
SHARES

काठमाडौं ।

नेपालमा अहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको र कुनै पनि कोरोना संक्रमित नलुकाइएको सरकारले बताएको छ । सरकारले चीनको वुहानबाट उद्धार गरी ल्याएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा १६ दिन राखेर बिदा गरिसकेको छ । चीनबाट ल्याइएका सबै १७५ जनामै कोरोना नेगेटिभ देखिएको थियो । बिहीबारसम्म कोरोना विश्‍वका १२० देशमा पुगिसकेको छ। हालसम्म ४ हजार ६ सयजनाले ज्यान गुमाइसकेका छन् । चीनमा मृतकको संख्या ३ हजार १ सय ६९ पुगेको छ । त्यसपछि इटालीमा ८२७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नलुकाइएको बताएका हुन् ।

उनले भने, “नेपालमा एकजनाबाहेक अरुलाई देखिएको छैन । संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ । त्यो क्षत्रबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ । अहिले हामीले कोरानाका विरामी लुकाएका छैनौं ।”

कोरोना हाल नेपालमा माहामारीको रुपमा नदेखिएको प्रवक्ता देवकोटाले बताए । उनले काठमाडौमा १५५ वटा आइसोलेसन तयारी अवस्था रहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा भएको जानकारी दिए ।

देवकोटाका अनुसार कोरोना आशंकमा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी उपचाररत छन् । त्यसैगरी पाटन अस्पतालको आइसोलेसन वार्डमा अर्का एकजना बिरामीको उपचार भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा