शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आफैले दार्‍ही काटे


  • बुधबार, फाल्गुन २८ २०७६
13.2K
SHARES

तस्विरः फाइल

 

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ । आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीले नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ ।’

सल्लाहकार थापाले प्रधानमन्त्रीले आफैले दार्‍ही काटेको पनि उल्लेख गरेका छन् ।  थापाले लेखेका छन्, ‘उहाँ आफैले दार्‍ही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

शिक्षण अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा निश्चिन्त र विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज नदिने चिकित्सकहरुले बताएका छन् ।

डिस्चार्जपछि पनि संक्रमणको डर कायम हुने भएकाले प्रधानमन्त्री ओली पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्ने प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्या सिंह शाहले बताइन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले बुधबारसम्ममा डिस्चार्ज गर्ने बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा