शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गोकुल बास्कोटाको घरमा बम विष्फोट


  • बुधबार, फाल्गुन २८ २०७६
14.7K
SHARES

२८ फागुन, काठमाडौं ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरकाे कम्पाउन्डमा बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा