
काठमाडौँ ।
ओम चाबहिल डेन्टल हस्पिटलसंगको सहकार्यमा जोन एकेडेमीले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
बिहिबार स्कूलको प्रांगण बौद्ध, नयाँबस्तीमा उक्त निःशुल्क दन्त शिविर सम्पन्न गरिएको हो ।

शिविरमा दात, मुख सम्बधि निःशुल्क परिक्षण तथा औषधी वितरण गरिएको थियो । जसबाट ६ सयभन्दा माथि बालबालिका, विधार्थी , अभिभावक, शिक्षक, शिक्षिका र स्थानीयबासीहरु लाभान्वित भएको जनाइएको छ ।

शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त चिकित्सकहरुको टीम डा.सुजना अधिकारी, सिजन मर्हजन, मनिसा बस्नेत, सविना निरौला सहभागि भएका थिए । डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको समेत प्रयोग गरिएको थियो ।
यस्तै उक्त शिविरमा बालबालिकालाई ब्रस गर्ने सहि तरिका तथा दन्तरोबाट कसरी बाच्न सकिन्छ ? भन्नेबारेमा पनि डाक्टरहरुको टिमले जानकारी प्रदान गरेका थिए ।

यस्ता शिविर समय अनुरुप हुने गरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतना जगाउन कठिनाई नहुने विद्यालयका शिक्षक तथा अभिभावकको धारणा रहेको थियो ।
प्राय स–साना केटाकेटीहरुमा दात भन्ने बित्तिकै डर उत्पन्न हुन्छ र दात निकाल्ने औजार देखेपछी रुन कराउन थाल्छन र ठुलो मानिसमा पनि दात मुखको स्वास्थका बारेमा धेरै जानकारी छैन । जसको बारेमा जानकारी होस् भन्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको प्रिन्सिपल भोज कुमार धमलााले बताए ।