काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९, मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कूल (निब्स) को आयोजना तथा बूढानीलकण्ठ नगरपालिकाको विशेष सहयोगमा अन्तरविद्यालय ‘निब्स राष्ट्रियगीत नृत्य प्रतियोगिता’ सम्पन्न भएको छ ।
स्कूलको प्रांगण मण्डिखाटामा भब्य कार्यक्रमको आयोजना गर्दै राष्ट्रियगीत नृत्य प्रतियोगिता फाल्गुन १६ गते सम्पन्न गरिएको हो ।
बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्याय, एन प्याब्सनका निवर्तमान सचिव प्रह्लाद दाहाल, उत्तर भेगिय शैक्षिक मञ्चका अध्यक्ष नारायण रोका, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर खरेलले राष्ट्रिय गीतलाई केन्द्रविन्दु राख्दै आयोजना गरिएको राष्ट्रियगीत नृत्य प्रतियोगिताले विद्यार्थीहरुमा थप राष्ट्र प्रतिको सद्भाव बढ्दै जाने भन्दै आयोजक विद्यालय निब्सलाई धन्यवाद व्यक्त गरेका थिए ।
विद्यार्थीहरुका सिकाईको क्रममा व्यबहारत राष्ट्रिय भावना पैदा गर्न तथा राष्ट्र प्रतिको दायित्व वोध गराउँने उद्देश्यले निब्स अन्तरविद्यालय राष्ट्रिय गीत नृत्य प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल डि.एन. महतोले बताउनु भयो । विद्यालयले ३ वर्षदेखि राष्ट्रिय गीत नृत्य प्रतियोगिताको आयोजना गर्दै आएको छ । नेपालमै पहिलो पटक राष्ट्रिय गीतमा नृत्य प्रतियोगिताको थालनीे निब्सले गरेको प्रिन्सिपल महतोको दावी रहेको छ ।
२५ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधी बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको प्रशान्ति एकेडेमीले जितेको छ । रिपु मर्दिनी सैनिक स्कूल दोश्रो, ओडिसी इन्टरनेशनल एकेडेमी तेश्रो र पायोनियर पब्लिक स्कूलले सान्त्वना पाएको छ ।
यस्तै उत्कृष्ट भेषभुषातर्फ इनसाइट भिजन स्कुल, उत्कृष्ट नृत्य निर्देशकतर्फ मालती राना (प्रशान्ति एकेडेमी), उत्कृष्ट नृत्य महिलातर्फ दुर्गा तामाङ (प्रशान्ति एकेडेमी), उत्कृष्ट नृत्य पुरुषतर्फ शिव खड्का (पायोनियर पब्लिक स्कुल) भएका छन् ।
सोही दिन विजयी टिम प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई ट्रफी, मेडल र प्रमाण–पत्र द्धारा पुरस्कृत गरिएको थियो ।
यस्तै उक्त अवसरमा स्थानिय जेष्ठ नागरिक धन कुमारी ढुंगाना (८६ वर्ष), कमल भण्डारी (७६ वर्ष) लगायतलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेशनल आइडियल बोर्डिङ्ग हाई स्कूल (निब्स) का फाउण्डर, प्रिन्सिपल डि.एन. महतोसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।