शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

यस्तो छ सोमबारसम्मको मौसम पूर्वानुमान, सतर्क रहन आग्रह !


  • शनिबार, फाल्गुन २४ २०७६
11.8K
SHARES

पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेकाले हाल देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंसिक देखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू(भागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भू(भागका थोरै स्थानमा वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू(भाग लगायत मध्य तथा पुर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू(भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु(भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु(भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते (आइतबार)

दिउँसोः देशको पुर्वी भू(भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू(भागका एकरदुई स्थानमा र पश्चिमी पहाडी भू(भागका एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी पहाडी भू(भागमा आंसिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)

दिउँसोः देशको पुर्वी भू(भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू(भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू(भागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी र मध्य पहाडी भू(भागमा आंसिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउ महाशाखाले आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा