शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गगन थापा र प्रदिप पौडेलको गुट परिवर्तनले कांग्रेसमा हंगामा


  • शनिबार, फाल्गुन २४ २०७६
14.6K
SHARES

२४ फागुन, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक कलहमा फसेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधर र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर बीच पानी बाराबारको अवस्था छ ।

यस्तोमा कांग्रेस भित्रको अर्को तेस्रो गुट (कृष्ण सिटौला) समूहमा रहेका चर्चित युवानेताहरू गगन थापा र प्रदिप पौडेलले सिटौला गुट छाडेर वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा फर्किएको हल्लाले नेपाली कांग्रेसभित्र हंगामा नै भएको बताइन्छ ।

युवा नेताहरू थापा र प्रदीप पौडेलको गुट परिवर्तनको कुराको खुलासा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नै खुलासा गरेका हुन् । गत शनिबार र सोमबार पार्टी सभापति देउवाले रामचन्द्र पौडेल पक्षको सहमतिबिना नै पार्टीका विभाग गठन लगायतका निर्णय लिएपछि चुलिएको विवादमा कांग्रेसका तेस्रो गुटको नेतृत्व गरिरहेका सिटौलाले सभापतिको कदमको समर्थन गरेपछि उक्त समूहका युवा नेताद्वय थापा र प्रदीप पौडेलले गुट परिवर्तन गरेका हुन् ।

आगामी १४ औं महाधिवेशनलाई लिएर नयाँ समीकरणको चर्चा भै रहेको बेला दुई युवा नेताको गुट परिवर्तनले आगामी महाधिवेशनको समीकरणलाई नै प्रभावित पार्ने आकलन गरिएको छ ।

गुट परिवर्तन बारे युवा नेता थापा र प्रदीप पौडेलले भने कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् भने तेस्रो गुटका प्रमुख सिटौला पनि चुप रहेका छन् । अहिलेको गुट परिवर्तनको घटनाक्रमले १४ औं महाधिवेशन केन्द्रित समीकरणले प्राथमिकता पाएको संकेत गर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा