शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो


  • शनिबार, फाल्गुन २४ २०७६
17.1K
SHARES

२४ माघ कैलाली ।

धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ ।

मेयर नृपबहादुर वडले शुक्रबार विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरमा आइतबारदेखि विद्यालय विदा दिन निर्देशन दिएका थिए । कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो ।

शनिबार उपमहानगरले निर्णय उल्टाएको छ । मेयर वडले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न र फागुन २८ देखि परीक्षा सुरु गर्न निर्देशन दिएका छन् ।

सङ्घीय सरकारको शिक्षा मन्त्रालयले यसअघि नै चैत ५ गतेभित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो ।

तर धनगढीले परीक्षा समेत स्थगित गरेर विदा दिने निर्णय गरेपछि आलोचना भएको थियो । उपमहानगरपालिकामा बसेको सारोकारवालाहरुको बैठकले सङ्घीय सरकारको परिपत्र अनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

‘कक्षा १-९ सम्मको वाषिर्क परीक्षा सङ्घीय सरकारले तोकेको मितिमा हुने भएको छ’ उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत महादेश जोशीले भने, अब त्यहीअनुसार शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराइएको छ ।’

धनगढी उपमहानगरपालिका भित्र १०७ निजी र ७३ सामुदायिक विद्यालय छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा