शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार : चिकित्सक


  • शनिबार, फाल्गुन २४ २०७६
7.8K
SHARES

फाइल तस्विरः

फाइल तस्विर

२४ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाकाअनुसार शनिबारबाट प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिन थालिएको छ भने सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापी पनि जारी छ । ‘उहाँको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन्’ अस्पातालले विज्ञप्ति जारी गर्दै भनेको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा