शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

नव ज्ञानभुमीको छैठौँ अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न (भिडियो)


  • बुधबार, फाल्गुन २१ २०७६
27.8K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ४, पासिकोटमा रहेको नव ज्ञानभुमी बोर्डिङ्ग हाई स्कूलको छैठौँ अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।


फाल्गुन १७ गते स्कूलको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरिएको हो ।


बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब प्रसाद खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्याय, नेपाल मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यालय टिम, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खरेलले विद्यार्थीहरुको चौतर्फी विकासमा समर्पित नव ज्ञानभुमी बोर्डिङ्ग हाई स्कूलको अझ सफलताको शुभकामना व्यक्त गरेका थिए ।


उक्त अवसरमा गतवर्ष नर्सरीदेखि कक्षा १० सम्म प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियोे भने विद्यालयमा लामो समय काम गर्ने शिक्षक, शिक्षिकाहरु तथा विभिन्न अभिभावक एवम् समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।


सो अवसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले अत्यन्त उत्कृष्ट रुपमा आफ्ना नृत्य, गायन, संगीत, नाटक, कराँते, विज्ञान प्रयोग लगायतका विभिन्न प्रतिभालाई प्रस्तुत गरेका थिए । नेपालको विभिन्न संस्कृति झल्कने साँस्कृतिक झाँकिहरु पनि कार्यक्रमको विशेष आकर्षणको केन्द्रविन्दु बनेको थियो ।
कार्यक्रम निकै भब्य, सभ्य र उत्कृष्ट बनेको उपस्थित अभिभावकहरुको प्रतिक्रिया रहेको थियो ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरको लागि श्याम कार्कीले नव ज्ञानभुमी बोर्डिङ्ग हाई स्कूलका फाउण्डर, प्रिन्सिपल प्रदिप कट्टेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

तस्विरः बद्रि थापा/KTMKHABAR

 

 

 

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा