काठमाडौँ महानगरपालिका वडा नम्वर ६ सरस्वतीनगर, चावहिलमा रहेको गोल्डेन पिक हाई स्कुलले आयोजना गरेको ‘गोल्डेन जाम्बोरी–२०७६’ कार्यक्रम सम्पन्न गरेको छ ।
बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष फरक–फरक उद्देश्यका साथ विद्यालयले यस्तो कार्यक्रमको आयोजना गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार खत्रीले बताए ।
कार्यक्रममा विद्यार्थीहरुले तयार गरेका नृत्य, संगित, विभिन्न विषयमा नाटक, योगाको महत्व बुझाउनका साथ साथै योगाका पोजहरु प्नि प्रदर्शन गरेका थिए ।
यस्तै विद्यार्थीहरुहरुले नेपालका विभिन्न समुदायहरुको संस्कृती झल्काउने भेषभुषा, गित र नृत्य प्रस्तुत गरेका थिए । तराईको थारु समुदाय, पहाडका तामाङ्ग, लामा, गुरुङ्ग, राई, लिम्बु, नेवार, हिमालका शेर्पा समुदाय देखि सुदुर पश्चिमका हुडकेलीनाच र पुर्वका प्रख्यात लोक नृत्यहरु विद्यार्थीहरुले प्रस्तुत गरेका हुन् ।
दीगो विकास लक्ष्यको ३ र १३ नम्बर लक्ष्यमा आधारित स्वस्थ्य जीवन र स्वच्छ वातावरण राख्नु हाम्रो जिम्मेवारी शिर्षकमा विद्यार्थीहरुले नाटक प्रर्दशन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुको मनोरञ्जन र सन्देशमुलक गीती नाटक र नृत्य प्रस्तुती समेत रहेको थियो ।
नेपाल बहु भाषी, बहु संस्कृति र बहु धार्मिक देश भएको र हामी सबै मिलेर बस्नु पर्ने सन्देश दिएका थिए ।
निर्मलाहत्या काण्डका बारेमा घोचिलो प्रस्तुती नृत्य मार्फत पस्केका थिए ।
हरेक प्रकारका नृत्यका फर्महरुमा बालबालिकाहरुले प्रस्तुती दिएका थिए ।
यस वर्ष भरी उत्कृष्ट नृत्य टोली, बास्केटवल खेलाडी, फुलवल खेलाडी, हस्तलेखन, चित्रकला, संगित तथा गायन, उद्घोषण, कर्तव्यनिष्ठ, इमान्दार साथै जेहेन्दार विधामा विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल छत्रमणि राई र स्वीजरल्याण्डका पिटरले पुरस्कार प्रदान गरे ।
उक्त अवसरमा विद्यालयको विद्यार्थी परिषद्को अध्यक्ष तथा डाइनामिक लिडरका रुपमा सर्वज्ञा राईलाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्वेजरल्याण्डका सिनियर एक्सपर्ट एजुकेसनिष्ट मिस्टर पिटर, स्वेजरल्याण्डकी इग्लिस ल्याग्वेज एक्सपर्ट आनेमेरी, कामनपा ६ का वडा सदस्य भगवान थापा, कामनपा शिक्षा समिति सदस्य तथा विट्स एकेडेमीका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठ, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यालय टिम, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले गोल्डेन पिक हाई स्कूलका विद्यालय व्यबस्थापन समितीका अध्यष अर्जुन कुमार खत्रीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।