
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक आयातमा लागेको कर तत्काल नहट्ने बताएका छन् । पुस्तक बिक्री गर्दा ३५ देखि ४० प्रतिशत नाफा हुने भन्दै उनले ब्यापारमा कर लगाउने प्रष्ट पारे । यसबारे आफू बहस गर्न तयार रहेको समेत उनले बताए ।
मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले विभिन्न मुलकले पुस्तक बिक्रीमा ५ देखि १८ प्रतिशत कर लगाउने गरेको भन्दै। नेपालमा अर्बौं लगानी गरेर छापाखाना खुलेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएको उनले बताए ।
कर नलिने भएपछि जति मूल्यांकन गरे पनि हुने र सरकारले पनि ध्यान नदिने भन्दै उनले भने, ‘पुस्तकको ब्यापार भनेको ज्ञानको व्यापार होइन । पुस्तकको ब्यापार गर्दा नाफा कमाइन्छ भने सरकारलाई कर पनि तिनुपर्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।