शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कोरोना भाइरस कति समय बाँच्छ ?


  • बिहिबार, फाल्गुन १५ २०७६
18.1K
SHARES

काठमाडौं – जनवरी पहिलो साता पहिचान भएको नोवल कोरोना अर्थात् कोभिड–१९ सबैभन्दा नयाँ भाइरस हो। अन्तर्राष्ट्रिय जर्नल लाइभ साइन्समा प्रकाशित लेखअनुसार यो भाइरस धातु, सिसा तथा प्लास्टिकमा बाँच्न सक्छ। यो भाइरस मानिसको शरीरबाहिर कति समय बाँच्छ भन्ने कुरा पनि खोजीको विषय बनेको छ। मानिसको शरीरभित्र प्रवेश गरेमा भने कोरोना भाइरस १४ दिनसम्म जीवित रहने चिकित्सकले औंल्याएका छन्।

अनुसन्धानकर्ता तथा लेखकले यो भाइरस शरीरबाहिर एक साताभन्दा बढी बाँच्न सक्ने जनाएका छन्। तर, ८६ फरेनहाइट तथा ३० डिग्री तापक्रमभन्दा माथि यो भाइरस लामो समय बाँच्न सक्दैन। साथै यो भाइरस संक्रमणरहित पारिएको ठाउँमा पनि लामो समय बाँच्न सक्दैन। जस्तो कि ६२ देखि ७१ प्रतिशत इथानोल, एक प्रतिशत सोडियम हाइपोक्लोराइटले सफा गरेमा यो भाइरस एक मिनेटमै निष्क्रिय हुन्छ। यो भाइरस सार्स भाइरसकै प्रजाति भएको र यो नियन्त्रण विधि सार्स भाइरसमा प्रयोग सिद्ध भइसकेकाले यो भाइरसमा पनि प्रभावकारी हुने लेखकको दाबी छ। तर, कोरोना भाइरस रहेको ठाउँ र संक्रमित बिरामीलाई कति पटक छोएमा यो सर्छ भन्ने विषयमा अध्ययन भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनले भने रक्सीसहितको हात धुने सेनिटाइजरको प्रयोगले यो भाइरस निष्क्रिय हुने बताएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुपराज बाँस्तोलाले यो भाइरसको व्यापक अध्ययन भइनसकेको बताए। तर, यो भाइरस सार्स प्रजातिकै भाइरस भएकाले एक साताभन्दा बढी र ओसिलो तथा घाम नलाग्ने ठाउँमा जीवित रहने डाक्टर बाँस्तोलाको भनाइ छ। ‘सबै भाइरसको चरित्र घाम पर्ने ठाउँमा जीवित रहन सक्दैनन्,’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा