शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दिल्ली हिंसामा मर्नेको संख्या २७ पुग्यो, २५० बढी घाइते


  • बिहिबार, फाल्गुन १५ २०७६
20.3K
SHARES

नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो।

हिंसामा कम्तीमा एक २ सय ५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। धेरैजसोलाई गोली लागेको प्रहरीले जनाएको छ। प्रदर्शनकारी लाठी र बन्दुकसहित सडकमा आएपछि हिंसा भड्किएको हो। प्रदर्शन आइतबारदेखि जारी छ। प्रदर्शनकारीले लुटपाट, आगजनी र तोडफोडसमेत गरेका छन्। खासगरी मुस्लिम बाहुल्य नयाँदिल्लीको उत्तरी–पूर्वी क्षेत्र हिंसाबाट बढी प्रभावित भएको जनाइएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा