शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

सीपी मैनाली चढेको कार दुर्घटना


  • बिहिबार, फाल्गुन १५ २०७६
18K
SHARES

सीपी मैनाली/तस्विरः फाइल

नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली बिहीबार बर्दिबास ३ रातोपुलमा सवारी दुर्घटनामा परी घाइते भएका छन्।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौं तर्फ आउँदै गरेको बा७च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना४च ७६८० नम्बरको भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो।

मैनालीको टाउको र खुट्टामा चोट लागेको छ। दुर्घटनामा परी मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा