शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पार्टीभित्र समस्या रहेको माधब कुमार नेपाल द्वारा स्विकार


  • बिहिबार, फाल्गुन १५ २०७६
28.2K
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गरेका छन् ।
यद्यपि उनले समस्या समाधान हुने भन्दै नआत्तिन कार्यकर्तालाई अनुरोध गरे ।  बिहीबार राजधानीमा आयोजित पार्टीको बागमतीस्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीलाई विघटनको दिशामा जान नदिन सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।यो पार्टी हामीले विघटनको दिशामा जान दिँदैनौं भनेर प्रतिज्ञा गर्नु पर्छ । हामीले यो आन्दोलनलाई विचलित हुन दिनु हुँदैन पार्टीमा देखिएको समस्याप्रति लक्षित गर्दै नेता नेपालले भने, कार्यकर्ता आतिनु पर्दैन । अहिले समस्या छ । त्यो समाधान हुन्छ । नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेपालले बताए । पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने पनि नेपालको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा