शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

तपाईको फेसबुक अकाउन्ट अरु कसैले दुरुपयोग गरीरहेको त छैन ? यसरी लगआउट गर्नुहोस


  • बिहिबार, फाल्गुन १५ २०७६
14.7K
SHARES

यदि तपाईंले कुनै साइबर,शाथीभाई या अरू कुनै डिभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा नराम्रो तथा दुखद पनि बन्न सक्छ ।

यस्तो डरबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले फेसबुकमा रहेको एउटा फिचरको सहयोग लिन सक्नुहुन्छ ।

उक्त फिचरको सहयोगले तपाईंले कहाँ–कहाँ आफ्नो फेसबुक लगइन गर्नुभएको छ र कुन डिभाइसमा अहिले सम्म पनि लगआउट भएको छैन भन्ने थाहा पाउन सक्नुहुन्छ । साथै एक क्लिकमै ती सबै डिभाइसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट पनि गर्न सक्नुहुन्छ ।

यसका लागिः

– स्मार्टफोनमा रहेको फेसबुक एपमा आफ्नो फेसबुक लगइन गर्नुहोस् र सेटिंग्समा जानुहोस्

– त्यहाँ रहेको सेक्योरिटी अप्सनमा जानुहोस् र त्यसभित्र रहेको सेक्योरिटी एण्ड लगइन नामक अप्सनमा ट्याप गर्नुहोस्

– त्यहाँ तपाईंले Where you are logged in नामक खण्ड देख्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो फेसबुक लगइन भएका सबै डिभाइसको सूचि देख्नुहुनेछ ।

– यदि ती डिभाइसमध्ये कुनै डिभाइसमा तपाईंको फेसबुक अहिलेपनि लगआउट भएको छैन अर्थात् एक्टिभ छ भने त्यहाँ रहेका तिनवटा थोप्लाको चिन्हमा ट्याप गरी एक एक गरेर लगआउट गर्न सक्नुहुन्छ ।

– यदि सबै डिभाइसमा एकैचोटी फेसबुक लगआउट गर्न चाहनुहुन्छ भने Log out of all sessions अप्सन छान्न सक्नुहुन्छ ।

डेस्कटपका लागि

· वेब ब्राउजरमा फेसबुक खोलेर आफ्नो अकाउन्टमा लगइन गर्नुहोस्

· टप ब्यानरमा रहेको ड्रपडाउन एरोमा क्लिक गरी Settings अप्सनमा जानुहोस्

· सेटिंग्स पेजभित्र बायाँ भागमा Security and Login अप्सनमा क्लिक गर्नुहोस्

· त्यसपछि Where you are logged in खण्डमा क्लिक गर्नुहोस् जहाँ तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको सूचि देखिन्छ ।

· ती सबै डिभाइसबाट तपाइँले एकएक गरी वा एकैपटक लगआउट गर्न सक्नुहुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा