शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

अपेन बूढानीलकण्ठको ‘किडएथ्लोन’ सम्पन्न (फोटोफिचर)


  • शनिबार, फाल्गुन १० २०७६
41.7K
SHARES

१० फाल्गुन, काठमाडौँ ।
प्रि–स्कूलहरुको छाता संगठन एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) बूढानीलकण्ठ नगर कमिटीले अन्तर प्रि–स्कूल खेलकुद प्रतियोगिता ‘अपेन किडएथ्लोन–२०७६’ बिहिबार सम्पन्न गरेको छ ।
चौर रिक्रियसन सेन्टर, बाँसबारीमा विभिन्न १४ खेलमा प्रतियोगिता गर्दै सम्पन्न गरिएको हो ।


२ दिनसम्म चलेको उक्त प्रतियोगिताको उद्घाटन बूढानीलकण्ठ नगरपालिकका मेयर उद्धब खरेलले गरेका थिए । जसमा बूढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारी, प्याब्सन बूूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष खेम घिमिरे, अपेनका केन्द्रिय सदस्य कमला ढकाल अधिकारी, कृष्ण बोहरा लगायत प्रि–स्कूलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


प्रतियोगितामा अपेन बूढानीलकण्ठमा आवद्ध २१  विद्यालयबाट ६०० विद्यार्थीको सहभागिता रहेको संयोजक दिपा रोका आचार्यले बताइन् ।
एकल दौडतर्फ ब्रेन किड्स प्रथम हुन सफल भएको छ ।


यस्तै अवरोध दौडतर्फ फ्युचर स्टार प्रथम र द्धितीय दुवै भएको छ भने ब्रेनी किड्स तेश्रो भएको छ ।
मिनी फुटसलतर्फ ह्पाप्पी किड्स प्रथम, छुनामुना प्रि–स्कूल दोश्रो र लिटल ह्याण्ड तेश्रो भएको छ ।
ह्याण्डबलतर्फ ह्याप्पी किड्स प्रथम, चिल्ड्रेन अफ कपन द्धितीय र लिटल ह्याण्ड तृतीय भएको छ ।


बलुन ब्रष्टिङ्ग रेसतर्फ पर्पल टर्टल प्रि–स्कूल प्रथम, फ्युचर स्टार मण्टेश्वरी होम द्धितीय, एन्जल होम प्रि–स्कूल, बालार्क प्रि–स्कूल र पिनल प्रि–स्कूल तृतीय भएको छ ।


हुला होप ब्यालेन्सिङ्ग रेसतर्फ न्यू क्रियशन प्रि–स्कूल प्रथम, ब्रेनी किड्स प्रि–स्कूल द्धितीय र बालार्क प्रि–स्कूल तृतीय भएको छ ।
सर्टिङ्ग भेजिटेबलतर्फ ब्रेनी किड्स प्रि–स्कूल प्रथम, पिनल प्रि–स्कूल द्धितीय र ब्रेनी किड्स प्रि–स्कूल तृतीय भएको छ ।


बटरफ्लाई रेसतर्फ ब्रेनी किड्स प्रि–स्कूल प्रथम, सेस मण्टेश्वरी द्धितीय र पर्पल टर्टल प्रि–स्कूल तृतीय भएको छ ।
ओरेन्ज फिलिङ खेलतर्फ ब्रेनी किड्स प्रि–स्कूल प्रथम, द्धितीय दुवै भएको छ भने बत्सालय मण्टेश्वरी स्कूल तृतीय भएको छ ।
म्युजिकल चेअरतर्फ फ्युचर स्टार मण्टेश्वरी होम प्रथम, द्धितीय दुवै र यन्जल होम प्रि–स्कूल तृतीय भएको छ ।
थ्रि लेग रेसतर्फ बालार्क प्रि–स्कूल प्रथम, फ्युचर स्टार मण्टेश्वरी होम द्धितीय र पर्पल टर्टल प्रि–स्कूल तृतीय भएको छ ।


क्याटर पिलर दौडतर्फ फ्युचर स्टार प्रथम, ह्याप्पी किड्स द्धितीय र सेस मण्टेश्वरी तृतीय भएको छ ।
समग्र प्रतियोगिताको मुल्यांकनको आधारमा ब्रेनी किड्स प्रि–स्कूल र ह्याप्पी किड्सले रनिङ शिल्ड जित्न सफल भएका छन् ।
बिहिबार नै विजयी विद्यार्थी तथा स्कूललाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको अपेन बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष राज कुमार घिमिरेले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा