
१० फाल्गुन, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कूलका सुरज रोका गणित परिक्षामा च्याम्पियन बनेका छन् ।

एडभान्स चामुण्डा इन्स्टिच्युटले फाल्गुन ३ गते आयोजना गरेको १२औँ सिजन अन्तर्गत गणित विषयको एसईई तयारी परिक्षामा रोका पहिलो भएका हुन् ।

फाल्गुन १० गते नतिजा सार्वजनिक गरिएको थियो । जसबाट सहभागि २४ सय विद्यार्थीहरुलाई उछिन्दै सुरज रोका प्रथम भएका हुन् ।

प्रथम भएसंगै शनिबार भएको नतिजा प्रकाशन तथा पुरस्कार वितरणको औपचारिक कार्यक्रममा सुरजलाई एडभान्स चामुण्डा इन्स्टिच्युटको तर्फबाट नगद पाँच हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो । कक्षा १२ सम्म पुर्ण छात्रबृत्ति दिइने जनाइएको छ ।

परिक्षामा प्याब्सन काठमाडौँ अन्तर्गत रहेका प्याब्सन गोकर्णेश्वर नगर, प्याब्सन कागेश्वरी नगर, प्याब्सन शंकरापुर नगरकमिटी तथा एन प्याब्सन काठमाडौँ, प्याब्सक, ईसान, निशान, पेन, मार्समा आवद्ध एसईई तयारी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।