
८ फाल्गुन, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कूलले लगातार तेश्रो पटक फिजम स्तरिय अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार भएको नवौँ फिजम अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा २६ विद्यालयलाई पछि पार्दै लगातार तेश्रो पटकको उपाधी जितेको हो ।
उपाधीसंगै अर्किडले ट्रफी, मेडल र प्रमाण–पत्रबाट पुरस्कृत भएको छ । यस्तै उत्कृष्ट १० विद्यालयलाई समेत ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको आयोजक संस्थाले जनाएको छ ।

भक्तपुरको बोडेमा रहेको कृषि विकास बैँकको तालिम हलमा भएको उक्त प्रतियोगितालाई आयोजक संस्था फिजमका अध्यक्ष आरबी कटुवालले सभापतित्वको भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा फिजममा आवद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।