शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आवश्यकताले कानूनमन्त्री भएँ : तुम्बाहाम्फे


  • सोमबार, फाल्गुन ५ २०७६
20.5K
SHARES

????????????????????????????????????

हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाम्फेलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।
पदभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानूनमन्त्री तुम्बाहाम्फेले मौलिक हकसँग जोडिएका ऐनहरु बनेपनि नियमावली निर्माणका क्रममा रहेकाले त्यो आफ्नो पहिलो प्राथमिकता भएको बताइन् ।
माघ ६ मा उपसभामुखबाट राजीनामा दिँदा कानून मन्त्रालय दिने योजना सहमति भएको थियो भन्ने पत्रकारहरुको प्रश्नमा तुम्बाहाम्फेले भनिन्, ‘त्यतिबेला र अहिलेको अवस्था फरक हो ।’

उपसभामुखका रुपमा कामा गर्दा आफ्नो उद्देश्य संसद र दलहरुको फरक छुट्टाउन सिस्टम बनाउन काम गरेको र संविधानले भनेअनुसार राजीनामा गरेर आफू बाहिर आएको बताइन् । उनले भनिन्, ‘सिस्टम बसाउनुपर्छ भन्ने मेरो अडान थियो, त्यो पुरा गरेर म बाहिर निस्किएँ । त्यो अवधिभन्दा अगाडिको च्याप्टर क्लोज भयो ।’

राजीनामाको घोषणा गर्दा नै आफूले युटर्न गरेर अगाडि बढ्छु भनेको स्मरण गर्दैै उनले भनिन्, अहिले ट्र्याक चेन्ज गरेर यहाँ आइपुगेको छु । अब मेरो भूमिका भनेको यो ठाउँमा बसेर हुन्छ । संविधान र ऐनकानुन अनुसार काम गर्छु ।’

मन्त्री हुनु योजनावद्ध थियो भन्ने प्रश्नमा उनले भनिन्, ‘एउटा चिजचाहिँ योजनावद्ध हुन्छ । मेरो आफ्नो भन्नुहुन्छ भने राजनीतिमा गएपछि यो गर्छु भन्ने योजना छ ।’

कानून मन्त्रालय चाहिँ तपाईले रोजेको कि नेताहरुले दिएको भन्ने प्रश्नमा उनले भनिन्, आवश्यकता दिएको हो । मेरो रोजाई, नेताहरुले दिने लिने दिने होइन, आवश्यकता हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा