शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ठूला भ्रष्टाचार प्रकरणमा मुछिएकालाई उन्मुक्ति नदेउः ट्रान्सपरेन्सी इन्टरनेशनल


  • सोमबार, फाल्गुन ५ २०७६
14.9K
SHARES

काठमाडौं, । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा निर्देशन दिने तत्कालीन प्रधानमन्त्री लगायतलाई उन्मुक्ति नदिन ट्रान्सपरेन्सी इन्टरनेशनल टीआई नेपालले माग गरेको छ ।

भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी गर्दै आएको टीआइ नेपालले विज्ञप्ति जारी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा प्रकरणमा संलग्नलाई भ्रष्टाचार अभियोगमा मुद्दा चलाउनु सराहनीय रहेको उल्लेख गर्दै मन्त्रिपरिषदको नीतिगत निर्णयका नाममा कसैले पनि उन्मुक्ति पाउन नहुने जनाएको छ ।

यस्तै ठूला भ्रष्टाचार प्रकरणहरुको अनुसन्धान तथा कारबाही प्रक्रिया यथाशिघ्र अगाडि बढाई तिनमा संलग्न राजनीतिक नेतृत्व तह, उच्च पदस्थ कर्मचारी र बिचौलियाहरु समेतलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

विज्ञप्तिमा केही शक्तिकेन्द्रका व्यक्तिहरुलाई विभेदकारी मापदण्ड अपनाई कारबाहीको दायरामा नल्याउनुले गम्भीर शंका जन्माएकाले अख्तियारले समयमै शंकाहरुको निराकरण गर्नु जरुरी रहेको उल्लेख गरिएको छ ।

 

समाचार ईमेजखबर बाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा