
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको निगमले जनाएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पछिल्लो समय भारतबाट इन्धनको मूल्य केही कम भएर आएकाले नेपालमा मूल्य समायोजोन गरिएको जानकारी दिए।
निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरेको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत राखिएको निगमले जनाएको छ।
समाचार सेतोपाटी बाट साभार गरिएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।