शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दिल्लीको मुख्यमन्त्रीमा केजरीवालको ह्याट्रीक


  • सोमबार, फाल्गुन ५ २०७६
16K
SHARES

अरविन्द केजरीवालले भारतको राजधानी दिल्लीको मुख्यमन्त्रीमा ह्याट्रीक गरेका छन । आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलीला मैदानमा भएको समारोहमा मुख्यमन्त्रीको सपथ लिएका हुन ।

उनलाई उपराज्यपाल अनिल बैजलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । केजरीवालपछि मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र गौतमले मन्त्री पदको शपथ लिएका छन् ।

केजरीवालको मन्त्रीमण्डलमा महिला सदस्य भने छैनन्। यस विषयलाई लिएर विरोध भएको छ । केजरीवालले शपथ ग्रहणमा सहभागी हुनका लागि कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाएका थिएनन् ।

आपले शपथ ग्रहण समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो । तर मोदी आफ्नो संसदीय क्षेत्र वाराणसी गएका छन् । दिल्लीका सातै सांसद, सबै निगम पार्षद, भाजपा तथा कांग्रेसका प्रदेश अध्यक्षलाई पनि निमन्त्रणा दिइएको थियो ।

दिल्ली विधानसभा चुनावमा लगभग एकतर्फी जस्तै जित हासिल गरेको आम आदमी पार्टी (आप) लगातार तेस्रोपटक दिल्लीको सत्तामा फर्किएको हो ।

केजरीवालले यसअघि २०१३ को डिसेम्बर, २०१५ को फेब्रुअरीमा दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा