
काठमाडौँ ।
सुन्दर मूस्कानका लागि स्वस्थ दात भन्ने मुल नाराका साथ सञ्चालित चाबहिलमा रहेको ॐ चाबहिल डेन्टल अस्पतालले दोलखामा निःशुल्क दन्त शिविर गरेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिकाको जुगु, झाकु, सुरी, गुरुम्फी र जगत गाउँ भएको ५ दिने शिविर माघ २८ गते सम्पन्न भएको हो ।

जर्मनी नेपाल सहयोगी संघ तथा विकासका लागि एकतासंगको सहकार्यमा दन्त शिविरलाई सञ्चालन गरिएको ॐ चाबहिल डेन्टल अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

शिविरबाट गौरीशंकर गाउँपालिकाको जुगु, झाकु, सुरी, गुरुम्फी र जगत गाउँका ५ हजार भन्दा बढि व्यक्तिहरुले निःशुल्क दन्त परिक्षण तथा औषधि सेवा लिएको प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।