शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रदेश १ ले थाल्यो कोरोना भाइरसबाट सतर्क रहने तयारी


  • मंगलबार, माघ २१ २०७६
18.2K
SHARES

२१ माघ, विराटनगर ।

प्रदेश १ सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन आवश्य तयारी थालेको छ ।

प्रदेश सरकारले कोराना भाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्व तयारी स्वरुप जनचेतना फलाउन प्रचार, सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस संक्रमित व्यकि्तको नमूना परीक्षणदेखि उनीहरुलाई अस्पतालमा राख्न आवश्य पर्ने आइसुलेटेड बेडहरुको व्यवस्था गर्ने तयारीसमेत भएको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार सरोकारवालाहरुसँग सुझाव दिन आयोजना गरेको उच्चस्तरीय बैठकमा मन्त्री कार्कीले कोरोना भाइरस नामक माहामारीको उच्च जोखिमबाट बच्न प्रदेश सरकारले गरेका आवश्य तयारी र निर्णय सार्बजनिक गरेका हुन ।

मन्त्री कार्कीले कोरोना भाइरस संक्रमित व्यतिलाई अस्पतालको आइसुलेटेड बेडमा राखी उपचार गर्नुपर्ने भएकाले धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अञ्चल अस्पताल, मेची अस्पताल भद्रपुर, बीएण्डसी अस्पताल, बिर्तामोड, विराट मेडिकल शिक्षण अस्पताल, नोबेल मेडिकल शिक्षण कलेजमा आवश्यक व्यवस्थापनको तयारी भएको बताए । त्यसका समन्वय प्रदेशको सामाजिक विकास मन्त्रालयले गर्ने मन्त्री कार्कीले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा