शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

भिमेश्वरको पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न (फोटोफिचर)


  • आइतबार, माघ १९ २०७६
20.4K
SHARES

१९ माघ, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, सनसिटी चोक, काडाघारीमा रहेको भिमेश्वर एकेडेमीले सरस्वती पुजाको अवसरमा अक्षराम्भ, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


माघ १६ गते बिहिबार स्कूलको प्रांगण काडाघारीमा भव्य कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


बिहानी सत्र अन्तर्गत विद्याकी देवी सरस्वती मातालाई विशेष पुजा, प्राथना तथा सरस्वतीको बन्दना वाचन र नयाँ नानी–बाबुहरुलाई अक्षरारम्भ गरिएको थियो ।


यस्तै दिवासत्र अन्तर्गत बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।


कार्यक्रममा भिमेश्वरमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कक्षाको प्रतिनिधित्व गर्दै आफ्नो प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेका थिए ।

जसबाट विजयी टिमलाई बिहिबार नै ट्रफीद्धारा पुरस्कृत गरिएको कार्यक्रमका सभाध्यक्ष एवं भिमेश्वरका फाउण्डर, प्रिन्सिपल अमृत खड्काले बताउनु भयो ।


यस्तै उक्त अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई सोही दिन पुरस्कृत गरिएको थियो ।


बागमती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेतको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा शिक्षासेवी गोविन्द पौडेल, विद्यालय व्यबस्थापन टिम, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा