
१९ माघ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कूलले ‘कुकिङ प्रतियोगिता’ सम्पन्न गरेको छ ।

माघ १५ गते बुधकार स्कूलको प्रांगण सिफलमा विद्यार्थीहरुले विभिन्न खानाका परिकार तयार गरि कुकिङ प्रतियोगितामा सहभागि भएका थिए ।

दिनभर चलेको उक्त प्रतियोगितामा कक्षा ७ र ८ का विद्यार्थीहरु सहभागि थिए भने विभिन्न ग्रुपमा विभाजित भई खानाका परिकार तयार गरेका थिए ।

यस वर्षको शैक्षिक सत्रको आधारभूत तहको पेशा तथा व्यावसाय शिक्षा विषयको प्रयोगात्मक कार्य अन्तर्गत विद्याथीहरु विच कुकिङ प्रतियोगिता गरिएको विषय शिक्षक रोशन थपलियाले बताए ।

विद्यार्थीहरुले आवश्यक सामग्री जुटाएर खिर, पकौडा, चप, समोसा, मःमः आदि खानाका विभिन्न परिकारहरु आफै तयार गरेका थिए ।
विजय विद्यार्थीहरुलाई एक भव्य कार्यक्रमका विच पुरस्कृत गरिने जनाइएको छ ।












खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।