काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, मैजुबहाल चाबहिलमा रहेको सुप्रिम इन्टरनेशनल हाई स्कूलले वार्षिक रुपमा गर्ने खेलकुद प्रतियोगिता ‘खेलकुद सप्ताह’ सुरु गरेको छ ।
सोमबार स्कूलको प्रांगण मैजुबहालमा उद्घाटन कार्यक्रम गर्दै खेलकुद सप्ताह सुरु गरेको हो ।
उद्घाटन कार्यक्रममा स्कूलका प्रिन्सिपल प्रेम सिंह श्रेष्ठ, विद्यालय व्यबस्थापक टिम, शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
साताव्यापी रुपमा चल्ने उक्त खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, रनिङ लगायत २३ खेललाई समावेस गरिएको प्रिन्सिपल श्रेष्ठले बताउनु भयो ।
खेलकुद सप्ताह अंकित व्यानर उडाइ खेलुकुद सप्ताहको औपचारिक उद्घाट गरिएको थियो भने उद्घाटन कार्यक्रममा सुप्रिममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुले मार्च पासद्धारा उपस्थित सम्पुर्णको स्वागत गरेका थिए ।
विद्यार्थीहरुको सर्वांगण विकासका अन्तर्गत खेलकुद एउटा महत्वपुर्ण पाटो हो जसका लागि खेलकुद सप्ताहका आयोजना गरिएको प्रिन्सिपल श्रेष्ठ भन्नुहुन्छ ।
एक भव्य कार्यक्रमका विच खेलकुद सप्ताहमा विजयी विद्याथीहरुलाई पुरस्कृत गरिने बताइएको छ ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले सुप्रिम इन्टरनेशनल हाई स्कूलका प्रिन्सिपल प्रेम सिंह श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।