शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सिद्धबाबालाई थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतको आदेश


  • बिहिबार, माघ ९ २०७६
10.7K
SHARES

९ माघ, विराटनगर ।
उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ । र, थुनामा राखेर पूर्पक्ष गर्न भनेको छ ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ ।

सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ । जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनको फैसला आउनुअघि सिद्धबाबा भने भारततिर लागेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा