
९ माघ, काठमाडौँ ।
युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युभेन्टसले बुधबार राति भएको खेलमा एएस रोमालाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
एल्लियन्ज स्टेडियममा भएको उक्त खेलमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डो, रोड्रिगो बेन्टान्कर र लियोनार्दो बोनुक्किले समान एक–एक गोल गरे ।
रोमाले भने एक आत्मघाती गोल उपहारमा पाएको थियो ।
खेलको २६औं मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । यस्तो खेलको ३८औं मिनेटमा बेन्टान्करले गोल गर्दै उसको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा बोनुक्कीले गोल गरेपछि पहिलो हाफभरि युभेन्टसले ३–० गोलको अग्रता बनायो ।
खेलको ५०औं मिनेटमा युभेन्टसका गोलरक्षक जियानलुइगी बुफनले आतम्घाती गोल गरेपछि खेलको अवस्था ३–१ मा आयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।