७ माघ, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६, मुलपानीमा रहेको गणेश हिमाल सेकेण्डरी स्कूलले वार्षिक रुपमा गर्ने खेलकुद प्रतियोगिता ‘खेलकुद उत्सव’ सुरु गरेको छ ।
माघ ७ गते मंगलबार (आज) स्कूलको प्रांगण मुलपानीमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै खेलकुद उत्सवलाई सुरु गरिएको हो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष प्रकाश फुयालको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा स्कूलका संस्थापक दिनेश नेपाल, प्रिन्सिपल पुस्कर राज नेपाल एवं व्यबस्थापक टिम, शिक्षक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
वडाअध्यक्ष प्रकाश फुयालले भलिबल सर्भिस गर्दै खेलकुद उत्सवको औपचारिक उद्घाटन गरेका थिए ।
मार्च पासद्धारा गणेश हिमाल सेकेण्डरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुले अतिथिहरुको स्वागत गरेका थिए ।
साताव्यापी रुपमा हुने उक्त खेलकुद उत्सवमा १३ भन्दा बढी खेलहरु समावेश गरिएको प्रिन्सिपल नेपालले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल नेपालले विद्यार्थीहरुको शारिरिक विकास तथा खेलप्रतिको आकर्षण अझ बढोस् भन्नका लागि पहिलो खेलकुद उत्सवको आयोजना गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष फुयालले खेलकुद उत्सवको सफलताका लागि शुभकामना व्यक्त गर्दै खेलकुदको विकासका लागि आफु सधै प्रतिवद्ध रहने व्यक्त गरेका थिए ।
आइतबार खेलकुद उत्सवको समापन गर्दै विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडलद्धारा सम्मान गरिने बताइएको छ ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले गणेश हिमाल सेकेण्डरी स्कूलका फाउण्डर, प्रिन्सिपल पुस्कर राज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।