
प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । उनले सोमबार बसेको पहिलो संसद बैठकमा पदबाट आफूले राजीनामा दिएकी हुन् । सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले पदबाट राजीनामा दिएको उनको भनाइ थियो ।
छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठूलो दलले सभामुखमा दावा गरेकाले आफुले सहजीकरण गर्न लागेको बताएकी थिइन् ।
आजै साँझ ४ बजेसम्मका लागि संसद् बैठक स्थगीत भएको छ । ४ बजे बस्ने संसद् बैठकले नयाँ सभामुख निर्वाचनको प्रक्रिया सुरुगर्ने छ । त्यसका लागि संसद् सचिवालयले तयारी गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।