शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर


  • सोमबार, माघ ६ २०७६
15.3K
SHARES

सल्यानका एक वडाध्यक्षविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ । जिल्लाको बागचौर नगरपालिका–२ का वडाध्यक्ष घनश्याम शर्मासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बागचौर नगरपालिकाअन्तर्गत पर्ने भानुभक्त आधारभुत विद्यालय धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले वडाध्यक्ष शर्मासहित ६ जनाविरुद्ध विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जानकारी दिएको छ ।

अख्तियारले उक्त सडक निर्माण आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी नभएको कामको पनि काम भएको भनी गलत लिखत तयार पारेको अभियोगमा बागचौर नगरपालिका–२ का वडाध्यक्ष घनश्याम शर्मालाई समेत प्रतिवादी बनाएको छ । अख्तियारले वडाध्यक्ष शर्माविरुद्ध १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ ।

अख्तियारका अनुसार नगरपालिकाका सब–इन्जिनियर तोरणबहादुर विष्टल, सडक निर्माण आयोजनाका अध्यक्ष डम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक तथा सचिव अनिता विकको मिलेमतोमा झुटा नापी किताब एवं कार्यसम्पन्न प्रतिवेदन बनाएर अनियमितता गरेकोअख्तियारको दावी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा