
फाइल तस्विर
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले करिब १३ किलो अवैध लागूऔषध गाँजासहित पर्सा पर्साैनी गाउँपालिका–८ बस्ने ४९ वर्षीय बृजलाल जयसवाललाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
ना३प ६८०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच बाँके, नेपालगंज उपमहानगरपालिका– १५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय मिलिग्राम सहित खजुरा गाउँपालिका–३ बस्ने २० वर्षीय तुलबहादुर गुरुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजको संयुक्त टोलीले जाँच गर्ने क्रममा गुरुङलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।