
५ माघ, काठमाडौं ।
नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।
झापाका खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट विगामको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । जतिबेला महाप्रवन्धक सुगतरत्न कंशाकार कार्यकारी भूमिकै थिए ।
खरेलको नियक्तिले कंशाकारको कार्यकारी भूमिका खोसियो । यद्यपि कंशाकार बाँकी रहेको ८ महिने कार्यकाल पुरा गरेर मात्र बाहिरिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।