
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएको हो । सापकोटा अध्यक्ष दाहाल निकटका मानिन्छन्।
लामो समयदेखि रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पक्षबीच रस्साकस्सी चलिरहँदा आइतबार बिहान दुई अध्यक्षबीचकाे छलफलले सापकोटाको नाममा सहमति जुटाएको हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।