शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काठमाडौंबाट नक्कली नोटसहित दुई जना पक्राउ


  • आइतबार, माघ ५ २०७६
13.6K
SHARES

फाइल तस्विर

फाइल तस्विर

५ माघ, काठमाडौं  ।

प्रहरीले काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट आइतबार बिहान पक्राउ गरेको हो । उनीहरुको साथबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा