
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा पक्राउ गर्न अनुमति दिएको बताईएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै आस्थाले फेसबुकबाट प्रतिवाद गर्दै भिडियो सार्वजनिक गरेकी थिईन् । सो भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।
भिडियोमा आस्थाले महिला प्रहरीले आफुमाथी दुर्व्यबहार गरेको भन्दै नेपाल प्रहरीको जरामा नै गन्ध भएको बताएकी थिईन् । उनलाई सुरक्षा जाँच गर्ने महिला प्रहरी रमिला श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै किटानी जोहरी दिएकी थिइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।