शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धबारे उपत्यकाव्यापी हाजिरी जवाफ प्रतियोगिता हुने


  • आइतबार, माघ ५ २०७६
26.8K
SHARES

५ माघ, काठमाडौँ ।
ललितपुर, सातदोवाटोमा रहेको ग्राण्ड एकेडेमी, अष्टे्रलियन राजदुताबास र ललितपुर महानगरपालिका वडा नम्वर १५ को संयुक्त आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
नेपाल–अष्ट्रेलियाको ६०औँ मित्रता दिवसको अवसरमा उक्त हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक विद्यालय ग्राण्ड एकेडेमीकी फाउण्डर, प्रिन्सिपल सिमा राईले बताउनु भयो ।


फाल्गुन ७ गते बुधबार महेन्द्र प्रकृति संरक्षण प्रतिष्ठान, खुमलटारमा फाइनल प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगिताका लागि सामुदायिक, निजी दुवै विद्यालयहरुले सहभागि जनाउन सक्नेछन् । जसका लागि माघ ६ गतेसम्म आवेदन दिनु पर्ने आयोजकले जनाएको छ ।
५० विद्यालय विच गरिने उक्त प्रतियोगितामा सहआयोजकको रुपमा कस्मिक इन्टरनेशनल स्कूल (कोटेश्वर), कोटदेवी पब्लिक इंग्लिस सेकेण्डरी स्कूल (भक्तपुर), नाइटिंगेल सेकेण्डरी स्कूल (कुपण्डोल), भग्वती सेकेण्डरी स्कूल (सिन्धुली) रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा