शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

स्वतन्त्र बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन (भिडियो)


  • शुक्रबार, माघ ३ २०७६
26K
SHARES

काठमाडौं ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्वर ३, बालुमा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन भएको छ ।


पुस २६ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नम्वर ९, गोकर्णमा रहेको सुनगाभा बैंक्वटमा एक भव्य कार्यक्रमको आयोजना गर्दै वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।


स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुदर्शन थापा, उपाध्यक्षमा कृष्ण प्रसाद भणडारी, सचिबमा जयराम बिष्ट, कोषाध्यक्षमा धर्मराज बिष्ट, सदस्यहरुमा क्रमस गोकुल बिष्ट, देबप्रसाद भण्डारी, अजिता बिष्ट र बिमला ढकाल रहेका छन् ।


कार्यक्रममा संस्थाका अध्यक्ष सुदर्शन थापाले प्रस्तुत गरेको सस्थाको बार्षिक कार्ययोजना सहितको प्रगती प्रतिबेदनमा सर्वसहमत पास गरेको छ ।


सस्थाको हालसम्म १४ सय शेयर सदस्य रहेको र हाल संस्थाको शेयर पुजी एक करोड माथी रहेको बताएका छन । सस्थाको यो बर्षको सम्पुर्ण कारोबार करिब ८ करोड रहेको बताइएको छ ।


उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट बाल बचतकर्ता एवं एसईई परिक्षामा उत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै अध्यक्ष शुदर्सन थापाले भने हामीले सहकारीको आधारभुत मूल्य, मान्यतालाई आत्मासाथ गर्दै अगाडी बढेको बताए । सहकारीको सिद्धान्त, मुल्य, मान्यता र यसको महत्वको बारेमा प्रकाश पार्दै उनले भने हामीले आर्थिक समृद्धिका लागि बचतकर्ता तथा शेयर सदस्यहरु, ऋणीहरुबिच पारस्परिक सम्बन्ध स्थापित गरिएको बताए । उनले भने हामीले सफलता हासिल गर्दै गइरहेका छौ, यो सफलता प्राप्तिका लागि सबैको माया छ । म हृदय देखिनै सबैलाइ हार्दिक धन्यबाद दिन्छु ।


कार्यक्रमका प्रमुख अतिथी कृष्ण कुमार राईले सहकारी नै समाजको आर्थिक विकासका लागि महत्वपूर्ण औजार भएको बताए । सरकारको नारा नै आर्थिक समृद्धि भएको उल्लेख गर्दै यसलाई साकार पार्नका लागि सबै क्षेत्रको उपस्तिथि आबश्यक भएको बताए । उनले स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले बिगत देखिनै आर्थिक उपार्जनका लागि खेलेको भुमिकाको बारेमा चर्चा समेत गरेका थिए ।


उक्त साधारणसभामा प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि, कार्य समिती, शेयर सदस्य, स्थानिय राजनीतिकर्मी लगायत सहकारीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदर्शन थापासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा